Banijya News

तोलामा ४१ सय रूपैयाँले बढ्यो सुनको मुल्य

1
1.1K Shares

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला चार हजार एक सय रूपैयाँ महँगो हो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार तोलामा चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

1

Scroll to Top