Banijya News

महामन्त्री थापाको राजनीतिक प्रस्तावमा के छ ?

1
1.1K Shares

नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले आफ्नो समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।


महामन्त्री थापाले राजनीतिक प्रतिवेदनमा कानुनी, व्यावहारिक र परम्परागत आधारमा विशेष महाधिवेशनको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले पार्टीको विधान कार्यान्वयनमा प्रतिबद्ध रहेको पुष्टि गर्न विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गरे ।


त्यस्तै, प्रस्तावमा थापाले पार्टीको हालको अवस्था, राजनीतिक चुनौती र आगामी रणनीतिबारे स्पष्ट धारणा राखेका छन् । उनले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र जनतासँगको विश्वास पुनःस्थापना गर्न काँग्रेसले नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

1

Scroll to Top