नेपालका लागि डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरूका लागि सीमित अवधिको विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले दिगो र किफायती विद्युतीय सवारीलाई आम नेपाली उपभोक्ताको पहुँचमा पुऱ्याउने उद्देश्यका साथ मात्र ३ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा डायुन ईभी उपलब्ध गराउने घोषणा गरेको हो।
नेपाली सडक र भूगोललाई सुहाउँदो गरी डिजाइन गरिएको यो कारले एकपटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको माइलेज प्रदान गर्दछ। यस श्रेणीका अन्य कारहरूको तुलनामा यसमा सबैभन्दा उच्च २०१ एमएम को ग्राउन्ड क्लियरेन्स र उत्कृष्ट फुल इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणाली जडान गरिएको छ, जसले चुनौतीपूर्ण सडकहरूमा पनि आरामदायक र स्थिर यात्रा सुनिश्चित गर्दछ।
सीजी मोटर्सले यस अफरसँगै ग्राहकलाई थप लाभ दिन आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, र ३.३ किलोवाटको होम चार्जर समेत प्रदान गर्ने भएको छ। साथै, गाडी खरिद गर्ने ग्राहकले एक वर्षको सडक कर र अटो प्लस बीमा कभरेजको सुविधा समेत पाउनेछन्।
प्रिमियम चार्जिङ प्रणाली रहेको यस गाडीलाई सीजी मोटर्सको देशभर फैलिएका २६० भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरूमा सहजै चार्ज गर्न सकिन्छ। सीजी मोटर्सले स्वच्छ ऊर्जा र उच्च प्रदर्शन क्षमताका सवारी साधनमार्फत नेपाली बजारमा दीर्घकालीन बचत र व्यवहारिकताको नयाँ आयाम थपिरहेको छ।


