एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ।
बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो। यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ।
नयाँ ‘प्लाटिनम डेबिट डिलाइट’ कार्डधारकहरूले प्रिमियम आउटलेटमा छुट, विमानस्थल लाउन्ज सुविधा र नेपाल–भारतभरका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा पाउनेछन्। डिजिटल बैंकिङ्गमा अग्रणी एनएमबि बैंकले ग्राहकलाई विशेष अनुभव र सुविधा प्रदान गर्ने जनाएको छ।
यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।


