निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको कार्य अन्तिम चरणमा पुगेको छ । माघ २० गतेभित्र लाइन चार्ज गर्ने लक्ष्यसहित तीव्र रूपमा काम अघि बढाइएको छ ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । ६ वर्षअघि ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ । आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ ।


