Banijya News

एक खर्ब लागतमा ३ सय २८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदै

1
1.1K Shares

कर्णाली प्रदेशको डोल्पामा १ खर्ब रुपैयाँभन्दा बढीको लागतमा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकामा ३ सय २८ मेगावाट क्षमताको आयोजना निर्माण हुन लागेको हो। आयोजनाको लागत १ अर्ब ३ अर्ब ३१ करोड ९ लाख १ सय ३८ रुपैयाँ अनुमान गरिएको छ।

प्राप्त प्रतिवेदनअनुसार यस आयोजनाअन्तर्गत भारबुंग नदीमा निर्माण हुने जलाशयबाट ३ सय २५ मेगावाट र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी ३.१० मेगावाट गरी दुईवटा प्रणालीमार्फत विद्युत उत्पादन हुनेछ।

आयोजनाबाट डोल्पाको छार्का ताङसोङ वडा नम्बर ४ र ५ तथा काइके गाउँपालिकाको वडा नम्बर १ प्रभावित हुनेछन्। आयोजनाअन्तर्गतको भारबुंग जलाशय प्रणालीका लागि छार्का ताङसोङ गाउँपालिका वडा नम्बर ४ मा १ सय ६९ मिटर अग्लो बाँध, ७ सय ६६ दशमवल १ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक, १६ किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुनेछ।

यसैगरी काइके गाउँपालिका वडा नम्बर १ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण हुने रायसुझावका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

त्यस्तै तातु खोलाको प्रणालीका लागि छार्का ताङसोङ गाउँपालिका वडा नम्बर ४ मा ३ मिटर अग्लो वेयर, इन्टेक, १ हजार ३ सय ४७ मिटर लम्बाइको हेडरेस सुरुङ तथा सतही विद्युतगृह निर्माण गरिने भएको छ। तातु खोलाबाट फर्काइएको पानीलाई भारबुंग नदीमा निर्माण हुने जलाशयमा छोडिनेछ। आयोजनाका दुबै प्रणालीबाट वार्षिक ९ सय ३३ सय १९५ गिगावाट विद्युत उत्पादन हुनेछ।

प्रस्तावित आयोजनाका लागि जग्गा खरिदमा ३ खर्ब रुपैयाँ हाराहारी खर्च हुनेछ। आयोजना हिमाली क्षेत्रमा भएका कारण महँगो हुने भएको छ। प्रतिमेगावाट लागत नै २८ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

1

Scroll to Top