Banijya News

माघ १८ देखी अवितरित हकप्रद सेयर बिक्रीमा राख्दै नारायणी डेभलपमेन्ट बैंक

1
1.1K Shares

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बिक्रीमा राखिने भएको छ। बैंकले संस्थापक समूहको ३ लाख ६ हजार ५ सय ९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत माघ १८ गतेबाट बिक्रीमा राख्न लागेको हो।

बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ सय रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र फागुन ४ गतेसम्म काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिनेछ।

1

Scroll to Top