Banijya News

ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन, असोज ५ गते कारोबार खुल्दै

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गते, शुक्रबारका दिन ग्लोबल आइएमई बैंक  र नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि असोज ५ गते सोमबार बुकक्लोज तोकिएकाले, त्यस अघिको अन्तिम कारोबार दिन (शुक्रबार) को बन्द मूल्यलाई आधार मानेर नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले ग्लोबल आइएमई बैंकको ४ प्रतिशत र नेपाल ल्यूब आयलको १५ प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन गरेको हो। यस अनुसार, समायोजित पश्चात् ग्लोबल आइएमई बैंकको शेयरमूल्य २५० रुपैयाँ ८७ पैसा र नेपाल ल्यूब आयलको शेयरमूल्य २४१ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

मूल्य समायोजन हुनुअघि गत शुक्रबार दोस्रो बजारमा ग्लोबल आइएमईको शेयर प्रति कित्ता २६० रुपैयाँ ९० पैसा र नेपाल ल्यूब आयलको २७७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो। अब असोज ५ गते दोस्रो बजार खुल्दा यी दुवै कम्पनीको कारोबार यही नयाँ समायोजित मूल्यलाई आधार मानेर सुरु हुनेछ।

1

Scroll to Top