Banijya News

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पुनः कल्याण विक्रम पाँडे

1
1.1K Shares

बैंकर कल्याण विक्रम पाँडे फेरि मेरोमाइक्रोफाइनान्स लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन्। उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नवनियुक्त अध्यक्ष पाँडेले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन्। संस्थाको सञ्चालक समितिको २०८२ पौष ३० गते बसेको १८२ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो। शपथ ग्रहण कार्यक्रममा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल लगायतको उपस्थिति रहेको थियो।

पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन्। हाल उनी सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्।

1

Scroll to Top