Banijya News

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक ‘क्यासब्याक’

1
1.1K Shares

सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरण सफल भएपछि ग्राहकलाई पुनः समय थप गरी सञ्चालन गरेको छ। योजनाअन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउने छन्।

यो योजना २०८३ असारसम्म लागू हुने बैंकले जनाएको छ। बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरु तथा १ सय २८ वटा एटीएमहरू सञ्चालनमा रहेका छन्।

1

Scroll to Top