बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट अर्थात् घरजग्गामा दुई खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा कुल दुई खर्ब ७४ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन।
उक्त कर्जा गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ८२ करोड ९० लाख रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ७७ अर्ब ३३ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्ष कुल निक्षेप संकलन ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख र कुल कर्जा प्रवाह ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रूपैयाँ थियो ।
वाणिज्य बैंकहरुले मात्र चालू आवको मंसिरसम्म कुल दुई खर्ब २४ अर्ब ८४ करोड ७० लाख रूपैयाँ घरजग्गामा कर्जा दिएका छन् । यो अवधिमा २० वटा बैंकहरूले ६८ खर्ब २२ अर्ब ४९ करोड ५० लाख कुल निक्षेप संकलन र ५० खर्ब ३५ अर्ब ७१ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा नौ अर्ब २१ करोड रूपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ३४ अर्ब पाँच करोड ७० लाख कर्जा प्रवाह गरेका थिए । उनीहरूले कुल ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रूपैयाँ निक्षेप संकलन र कुल ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यता विकास बैंकहरुले भने घरजग्गा क्षेत्रमा कर्जा बढाएका छन्। चालू आवको मंसिर मसान्तसम्म विकास बैंकहरुले रियलस्टेट क्षेत्रमा ३७ अर्ब ७१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। उनीहरुले छ खर्ब २० अर्ब ९५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २५ अर्ब ४३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। विकास बैंकहरुको घरजग्गा कर्जा गत आवको सोही अवधिको तुलनामा पाँच अर्ब ५३ करोड १० लाख रुपैयाँले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले रियलस्टेट क्षेत्रमा ३२ अर्ब १८ करोड ७० लाख रुपैयाँ कर्जा दिएका थिए भने कुल निक्षेप संकलन छ खर्ब पाँच अर्ब ७९ करोड ४० लाख र कर्जा प्रवाह पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ रहेको थियो।


