Banijya News

वाणिज्य विभागले स्टोर अन द डोरलाई तिरायो ५१ हजार जरिवाना

1
1.2K Shares

नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत फेला परेपछि विभागले नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुमगन गरेको थियो । अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ ।

1

Scroll to Top