Banijya News

माछापुच्छ्रे बैंकको ३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

माछापुच्छ्रे बैंकको ३० लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३० लाख ९७ हजार ३८० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीहरुले मात्र खरिद निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

1

Scroll to Top