Banijya News

धितोपत्र बोर्डद्धारा माछापुच्छ्रे बैंकलाई तिन अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति

1
1.1K Shares

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो । बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

बैंकले २७औं वार्षिक साधारण सभा असोज १० गतेका लागि तय गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभाको मिति र त्यसका एजेण्डा तय गरेको हो। बैंकले साधारण सभामा ६ वटा समान्य र ५ वटा विशेष प्रस्ताव पेस गर्दैछ।

सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेस हुनेछ। लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन्। बैंकले अधिकृत पुँजी १५ अर्बबाट २० अर्ब रुपैयाँ पुऱ्याउने भएको छ।

सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट रिक्त सदस्य पदमा साविक सञ्चालकको बाँकी कार्यकालसम्मका लागि गरिएको नियुक्ति अनुमोदन गरिने बैंकले जनाएको छ। बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने तालिका छ।

1

Scroll to Top