Banijya News

हेटौंडा उपमहानगरले उठायो २२ करोड ४५ लाख राजस्व

1
1.2K Shares

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए । चालु आवको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४ लाख ९३ हजार, घरबहाल करबाट तीन करोड ४४ लाख ७० हजार रुपैयाँ संकलन भएको छ ।

यस्तै, नक्सापास दस्तुरबाट एक करोड २१ लाख २७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड ४४ लाख ४९ हजार, सिफारिस दस्तुरबाट एक करोड ७० लाख ३९ हजार, बहाल बिटोरी करबाट एक करोड ७२ लाख ४४ हजार, व्यवसाय करबाट एक करोड ७१ लाख दुई हजार र अन्य बिक्रीबाट प्राप्त तीन करोड दुई लाख २३ हजार असुली भएको हो ।

1

Scroll to Top