नेपाली कांग्रेसका पुर्व सभापति तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचनका लागि मतदान गर्न डडेल्धुरा नजाने भएका हुन् । डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका छैनन् । उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । महरले देउवाको फोटो राखेरै आफ्नो चुनाव प्रचार गरिरहेका छन् ।
यसबीचमा महरसहित जिल्ला सभापति भिम साउदलगायतले देउवालाई एकपटक भने पनि डडेलधुरा लैजान गरेको प्रयास असफल भएको छ। देउवा यसपटक भोट हाल्न पनि डडेलधुरा नआउने जानकारी महरलाई गराइएको छ । यद्यपी औपचारिक रुपमा भनिएको छैन र देउवालाई फागुन २१ मै भने पनि डडेलधुरामा देखाउने प्रयास जारी छ । तर, स्वास्थ्य र सुरक्षाको कारण देउवा मतदानको लागि डडेलधुरा जाने सम्भावना लगभग अन्त्य भएको निकट स्रोतले जनाएको छ ।


