सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ दोब्बर मतले पछि परेका छन् । साम्पाङले १५४ मत मात्र प्राप्त गरेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)ले फराकिलो अग्रता कायम गरेकी छन् ।
तामाङले ४६१ मत प्राप्त गरेकी छन् । एक हजार मत गणना हुँदा गोमा भन्दा हर्क दोब्बर मतले पछि परेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोले १०७ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ९५ मत ल्याएका छन्। धरान उपमहानगरपालिका वडा नम्बर १ बाट मत गणना सुरु भएको छ।


