चालु आर्थिक वर्ष २०८२/८३ को मुख्य जाडो महिनाहरूमा खाना पकाउने एलपी ग्यास आयातमा कमी आउँदा त्यसको असर बजारमा कायमै छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आव फागुनमा मात्रै ५१ हजार १ सय ९२ टन ग्यास नेपाल भित्रिएको छ, जुन पछिल्लो तीन महिनाकै उच्च आयात हो । उपभोक्ताले सहजै ग्यास नपाएको गुनासोपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरी फागुन महिनामा ग्यास आयात ह्वात्तै बढाएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन ग्यास भित्रिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को मुख्य जाडो महिनाहरूमा खाना पकाउने एलपी ग्यास आयातमा कमी आउँदा त्यसको असर बजारमा कायमै छ । यसअघि माघमा ४६ हजार २ सय ८५ टन र पुसमा ४७ हजार ४ सय ६० टन आयात भएको थियो । आयात कमीसँग पश्चिम एसियामा जारी तनावका कारण उपभोक्ताले ग्यास पाउन सकिरहेका छैनन् । नेपाल आयल निगमले २८ फागुनदेखि आधा सिलिन्डर ग्यास बेचिरहेको छ ।
त्यस्तै गत वर्षको फागुन महिनाको तुलनामा पनि यस वर्षको फागुनमा ग्यास आयात उच्च देखिएको छ । गत वर्षको फागुनमा जम्मा ३ हजार ४३८ टन ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अमेरिका–इजरायल र इरानबीच भएको युद्धका कारण मुख्यगरी एसियाली देशहरुमा खाना पकाउने ग्यास र कच्चा तेलको अभाव चर्किएको छ । उपभोक्ताले सहजै ग्यास पाउने अवस्था नदेखिएपछि निगमले गत फागुन २८ गतेदेखि आधा ग्यास सिलिण्डर मात्रै बिक्री वितरण गरिरहेको छ ।


