Banijya News

मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान : विद्यार्थीहरूका लागि झोला र स्टेशनरी वितरण

1
1.1K Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘अवसरको झोला’ अभियान सञ्चालन गरेको छ । बैंकले हरेक बालबालिकामा सपना हुन्छ, तर ती सपना पूरा गर्न सबैसँग समान अवसर भने हुँदैन । सोही यथार्थलाई आत्मसात गर्दै बैंकले उक्त अभियान सञ्चालन गरेको हो । उक्त अभियानअन्तर्गत बैंकले आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ । विद्यार्थीहरूका लागि सहयोग वितरणपश्चात एक विज्ञप्ति जारी गर्दै बैंकले भनेको छ “कसैका लागि साधारण देखिने एउटा झोला, यी बालबालिकाका लागि भने अवसरको ढोका बन्न सक्छ । यही सोचका साथ बैंकले उनीहरूको काँधमा केवल झोला मात्र होइन, सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको छ ।

कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा देखिएको खुशी केवल सामग्री प्राप्तिको थिएन—त्यो त ‘अब म पनि सक्छु’ भन्ने विश्वासको झल्को थियो । यसै अभियानसँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको छ ।” बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ ।

1

Scroll to Top