Banijya News

नबिल बैंकद्वारा ११ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

1
1.1K Shares

नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातवटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई अभिमुखीकरण गराएको हो ।

बैंकले विभिन्न शाखा कार्यालयमार्फत साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत कोशी प्रदेशका दुई हजार ६४, मधेशका एक हजार तीन सय ८१, बागमतीका दुई हजार ६ सय आठ, गण्डकीका एक हजार दुई सय ७८, लुम्बिनी प्रदेशका एक हजार तीन सय ३८, कर्णालीका एक हजार पाँच सय चार र सुदूरपश्चिम प्रदेशका नौ सय १४ विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ । वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ ।

1

Scroll to Top