Banijya News

बजारबाट ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ वैशाख ६ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

1

Scroll to Top