Banijya News

एक्साइडले नेपाली ई–रिक्सा लागि ‘ई–राइड’ ब्याट्री सार्वजनिक

1
1.1K Shares

एक्साइड इन्डस्ट्रिज (Exide Industries) को आधिकारिक वितरकले नेपाली बजारमा ई–रिक्सा चालकलाई लक्षित गर्दै नयाँ ‘एक्साइड ई–राइड’ लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ। इन्धन र सञ्चालन खर्च घटाउँदै आम्दानी बढाउने उद्देश्यसहित ल्याइएको यो प्रविधिलाई परम्परागत लिड–एसिड ब्याट्रीको आधुनिक विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

कम्पनीका अनुसार नयाँ ब्याट्री ई–रिक्सालाई अझ शक्तिशाली र टिकाउ बनाउने विश्वास गरिएको छ। यो ब्याट्री आईएस 15652 (फेज–२) मापदण्डअनुसार प्रमाणित हुनुका साथै सर्ट सर्किट र पानीबाट सुरक्षा दिने IP67 रेटिङ सहित आएको छ। यससँगै कम्पनीले २५ एम्पियर क्षमताको आधुनिक SMPS चार्जर पनि उपलब्ध गराएको छ, जसमा २ वर्षको वारन्टी दिइएको छ। उक्त चार्जरको सहायताले ब्याट्रीलाई करिब ३ देखि ४ घण्टामै पूर्ण चार्ज गर्न सकिन्छ।

हल्का तौल र उच्च क्षमता भएका कारण यसले धेरै माइलेज दिनुका साथै स्थिर पावर कायम राख्न मद्दत गर्ने कम्पनीको दाबी छ। जहाँ साधारण लिड–एसिड ब्याट्रीको आयु १–२ वर्ष मात्रै हुने गर्छ, त्यहीँ यो लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने बताइएको छ। त्यसैगरी, यसमा बारम्बार पानी थप्नुपर्ने झन्झट नहुने र मर्मत खर्च पनि कम लाग्ने भएकाले ई–रिक्सा चालकका लागि किफायती विकल्प हुने अपेक्षा गरिएको छ। कम्पनीले ग्राहकको विश्वासका लागि ब्याट्रीमा ३६ महिनाको वारन्टीसमेत प्रदान गरेको छ।

नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुने यो ब्याट्री र चार्जर सेटले ई–रिक्सा व्यवसायीलाई दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्ने विश्वास गरिएको छ।

1

Scroll to Top