नेपालका लागि यामाहाको आधिकारिक वितरक MAW Rides Pvt. Ltd. ले दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा आफ्नो चर्चित वार्षिक उत्सव “यामाहा ब्लु फेस्ट” पुनः आयोजना गर्ने घोषणा गरेको छ। यही चैत २९ गतेदेखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्यक्रमको पहिलो दिन विशेष समारोहका बीच नयाँ मोडल Yamaha FZ-S “न्यू जेन: लिड द नेक्स्ट” सार्वजनिक गरिनेछ।
यो उत्सव केवल नयाँ प्रविधिको प्रदर्शनी मात्र नभई साताव्यापी रूपमा चल्ने नवप्रवर्तन, उच्च प्रदर्शन र ग्राहकहरूसँगको सामीप्यताको एउटा ठूलो सङ्गम हुनेछ, जहाँ आगन्तुकहरूले यामाहाका अत्याधुनिक हाइ-टेक मोटरसाइकल र स्कुटरहरूलाई नजिकबाट नियाल्न पाउनेछन्।
यस वर्षको ब्लु फेस्टमा विशेष आकर्षणको रूपमा “एक्सचेन्ज कार्निभल” समावेश गरिएको छ, जसले गर्दा ग्राहकहरूलाई आफ्ना पुराना सवारी साधन सहजै अपग्रेड गर्ने अवसर मिल्नेछ। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको प्रत्यक्ष सहभागिता रहने यस मेलामा पुराना मोटरसाइकलको स्थलमै उचित मूल्यांकन गरी बजारअनुसारको प्रतिस्पर्धी मूल्य सुनिश्चित गरिनेछ।
यसका साथै, खरिद प्रक्रियालाई थप सरल बनाउन नागरिकताको आधारमै उपलब्ध हुने सजिलो फाइनान्सिङ सुविधा र ४० महिनासम्मको सुलभ ईएमआई (EMI) योजना पनि लागू गरिएको छ। ग्राहकहरूले ५ लाखसम्मको क्यासब्याक र नयाँ वर्ष विशेष “ब्लु कोड” अफरमार्फत थप आर्थिक लाभ समेत लिन सक्नेछन्।
एम.ए.डब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालका अनुसार, ब्लु फेस्टले ग्राहक र प्रविधिबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ। कार्यक्रममा व्यापारिक गतिविधिबाहेक मनोरञ्जनका विविध आयामहरू पनि समेटिएका छन्। आगन्तुकहरूले रोमाञ्चक स्टन्ट शो, चर्चित राइडर तथा सेलिब्रिटीहरूसँगको अन्तरक्रिया, आकर्षक कस्प्ले प्रस्तुति र विभिन्न उपहारहरूका साथै निःशुल्क एसेसरीजहरूको पनि आनन्द लिन सक्नेछन्।


