नेपाली बजारमा हालै सार्वजनिक भएको नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल ‘यामाहा FZS FI Hybrid’ ले छोटो समयमै रेकर्ड ब्रेक व्यापार गरेको छ। आधिकारिक लन्च भएको एक हप्ताभित्रै यो मोडलका सबै युनिटहरू बिक्री (सोल्ड आउट) भएका छन्।
यामाहा नेपालका अनुसार ग्राहकहरूबाट प्राप्त अत्यधिक सकारात्मक प्रतिक्रिया र मागका कारण पहिलो लटको स्टक सकिएको हो। एफजेड (FZ) लिगेसीमा आधारित यो मोटरसाइकलमा पावर, इन्धन दक्षता (माइलेज) र कम उत्सर्जनको उत्कृष्ट सन्तुलन मिलाइएको छ। उन्नत प्रविधि र स्मार्ट कार्यक्षमताका कारण यसले सहरी ट्राफिकमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ।
पहिलो लटको सफलतापछि यामाहा नेपालले FZS FI Hybrid को अर्को ब्याचका लागि आधिकारिक रूपमा प्रि-बुकिङ खुला गरेको छ। इच्छुक ग्राहकहरूले देशभरका आधिकारिक डिलरहरू वा सामाजिक सञ्जालमार्फत बुकिङ प्रक्रियाबारे जानकारी लिन सक्नेछन्। उच्च मागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ स्टक चाँडै उपलब्ध गराउने र समयमै डेलिभरी दिने सुनिश्चितता गरेको छ।
यामाहा नेपालका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले भने, “आजको राइडिङ वातावरणमा प्रविधि र माइलेजको महत्त्व बढिरहेको सन्दर्भमा प्राप्त प्रतिक्रियाहरू अत्यन्तै उत्साहजनक छन्। यसले ग्राहकहरूको यामाहाप्रतिको विश्वासलाई झल्काउँछ।” हाइ-टेक इनोभेसन र उत्कृष्ट माइलेज दिने यो मोटरसाइकलको सफल लन्चसँगै नेपालमा ‘स्मार्ट र दक्ष’ मोटरसाइकलिङतर्फ नयाँ अध्याय सुरु भएको छ।


