Banijya News

महालक्ष्मी बैंकको नयाँ वर्ष अफर: ३ जोडीलाई भ्रमण प्याकेज-७ वर्ष स्थिर ब्याजदरमा घरकर्जा

1
1.0K Shares

महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउँदै ग्राहकहरूका लागि आकर्षक योजनाहरू सार्वजनिक गरेको छ। बैंकको मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत वैशाख पहिलो हप्ता कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय प्रयोगकर्ताहरूमध्ये गोलाप्रथाबाट छानिने तीन जनाले जोडीसहित पोखरा, चितवन र मनकामना भ्रमणको अवसर प्राप्त गर्नेछन्।

साथै, डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न बैंकले फोनेपे रिवार्ड पोइन्ट (Fonepay Rewards) लाई थप प्रभावकारी बनाएको छ, जसलाई ग्राहकले विभिन्न सामान खरिद गर्दा प्रयोग गर्न सक्नेछन्। यसै अवसरमा बैंकले सुलभ ब्याजदरको विशेष घरकर्जा योजना समेत ल्याएको छ, जसअन्तर्गत आवासीय तथा व्यापारिक प्रयोजनका लागि घर-जग्गा खरिद वा निर्माण गर्न २ देखि ३० वर्षसम्मको ऋण उपलब्ध हुनेछ।

विशेष त यस कर्जाको ब्याजदर ७ वर्षसम्म स्थिर रहने सुविधा प्रदान गरिएको छ। “सबल बैंक, सफल सहकार्य” को नारासहित देशभरका १०३ शाखाहरूबाट करिब ८ लाख ५० हजार ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको बैंकले यस नयाँ वर्षमा डिजिटल र बैंकिङ्ग दुवै क्षेत्रमा उत्कृष्ट सुविधाहरू समेटेको छ।

1

Scroll to Top