Banijya News

औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानीलाई 

1
1.1K Shares

 औषधी व्यवस्था विभागको निमित्त महानिर्देशक जिम्मेवारी शिवानी खड्गीले पाएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत २७ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् । 

यसअघि वरिष्ठ औषधी व्यवस्थापकको रुपमा कार्यरत दशौँ तहकी खड्गी विभागमा हाल कार्यरत कर्मचारीहरू मध्ये सबैभन्दा वरिष्ठ हुन् । अर्को व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी गड्गीलाई दिइएको हो । 

यसअघि गत २६ चैतमा मन्त्री मेहताले विभागका महानिर्देशक रहेका नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेकी थिइन । कानून विपरीत औषधीको मूल्य निर्धारण गरेको आरोप लागेपछि ढकाललाई मन्त्री मेहताले मन्त्रालय तानेकी हुन् ।

आरोपबारे छानबिन गर्न मन्त्रालयले गत २७ चैतमा अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।  छानबिन गरी एक साता भित्र प्रतिवेदन बुझाउन भनिए पनि ३० चैत सम्म सो समितिले काम अघि बढाउन सकेको थिएन ।

1

Scroll to Top