टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल ४२.३० लाख कित्ता शेयर निष्काशन अनुमति पाएकोमा प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र म्युचुअल फन्डलाई छुट्याइसकेपछि बाँकी सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
कुल १ अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको यस ८ मेगावाटको प्रोजेक्टलाई ‘केयर-एनपी बीवी प्लस’ रेटिङ प्राप्त भएको छ। यो स्कोरले आयोजनाको क्रेडिट रिस्क औसत स्तरमा रहेको संकेत गर्छ । न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा बैशाख २३ र ढिलोमा जेठ ६ सम्म आवेदन दिन सकिनेछ।


