नेपाली बजारमा आज (शुक्रबार) सुन भाउ तीन हजार चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार प्रतितोला चार हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३५ रूपैयाँ बढेको हो ।


