Banijya News

आयातकर्तालाई राहत : लेबल नभएका सामान पनि सर्तसहित भन्सार पास हुने

1
1.1K Shares

भन्सार विभागले वैदेशिक व्यापारलाई सहज बनाउन अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी व्यवस्थामा लचकता अपनाउने निर्णय गरेको छ ।

विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजार र छिट्टै सड्ने वस्तुहरू जस्तै फलफूल र तरकारीको भन्सार जाँचपासमा देखिएको समस्या समाधान गर्न नयाँ पहल सुरु गरेको हो ।

हाल कायम रहेको व्यवस्थाअनुसार विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुहरूमा आयातकर्ताले अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने प्रावधान छ । तर, औद्योगिक र नाशवान वस्तुको हकमा यो नियम कार्यान्वयन गर्न व्यवहारिक कठिनाइ देखिएपछि विभागले सहजीकरणको खोजेको हो ।

नयाँ व्यवस्थाअनुसार अब आयातकर्ताले भन्सार बिन्दुमा वस्तुको एमआरपी घोषणा गर्न सक्नेछन् । साथै, सामान भित्रिसकेपछि मात्र लेबल लगाएर बिक्री वितरण गर्ने प्रतिबद्धतासहितको स्वघोषणा गराई सामान जाँचपास गर्न सकिने व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ ।

1

Scroll to Top