Banijya News

कर्मचारीप्रति कठोर बन्दै सरकार, चार हजार कारबाहीमा पर्ने !

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी कार्यालयहरूमा कर्मचारीमाथिको निगरानी कडा बनाएको छ । यसले गर्दा चार हजारभन्दा बढी कर्मचारी कारबाहीमा पर्ने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ यता ३६२ सरकारी कार्यालयको अनुगमन गर्दै ४ हजार १८८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ । सतर्कता टोलीले कार्यालय समय, ई–हाजिरी, पोसाक, कार्यकक्षमा उपस्थिती तथा फाइल व्यवस्थापनको आधारमा निगरानी गरिरहेको बताइएको छ ।

बिहान ९ः०५ पछि कार्यालय पुग्ने वा ५ बजेअघि निस्कने कर्मचारीमाथि स्पष्टीकरण सोध्ने र कारबाही सिफारिस गर्ने गरिएको छ । कारबाही सिफारिसमध्ये ३ हजार ३०१ जना समयपालन र कार्यकक्षमा अनुपस्थितिको कारण परेका छन् भने ८७८ जना पोसाकसम्बन्धी नियम उल्लङ्घनमा परेका छन् । यस क्रममा सहसचिवदेखि कार्यालय सहयोगीसम्म निगरानीको दायरामा परेका छन् ।

सरकारले यसलाई सुशासन र कार्यक्षमता सुधारको प्रयास भनेको छ । तर, सरकारले अत्यधिक निगरानी बढाउँदा आफूहरुमा त्रास र दबाब बढेको कर्मचारीहरुको गुनासो रहेको छ ।

1

Scroll to Top