Banijya News

टीभीएस जुपिटर किन्दा ९ महिनासम्म निःशुल्क पेट्रोलको अफर

1
1.0K Shares

 

बढ्दो महँगी र पेट्रोलको मूल्यवृद्धिबाट चिन्तित नेपाली ग्राहकलाई राहत दिने उद्देश्यले जगदम्बा मोटर्स प्रा.लि. ले टीभीएस जुपिटर बीएस–सिक्स स्कुटरमा नयाँ र आकर्षक ग्राहक केन्द्रित योजना सार्वजनिक गरेको छ। दैनिक यात्रालाई थप सहज, किफायती र भरपर्दो बनाउन कम्पनीले ूपेट्रोलको टेन्सनरु अब टीभीएस जुपिटर सोलुसनु भन्ने मुख्य नाराका साथ यो अभियान सुरु गरेको हो।

यस विशेष योजना अन्तर्गत नयाँ जुपिटर स्कुटर खरिद गर्ने ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल प्राप्त गर्नेछन्, जसले उपभोक्ताको दैनिक यात्रा खर्चलाई निकै कम गर्ने विश्वास गरिएको छ। प्रतिलिटर ६० किलोमिटरको उत्कृष्ट माइलेज दिने प्रमाणित भइसकेको यस स्कुटरले नेपाली सडकमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ।

ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै कम्पनीले मात्र २,८९९ रुपैयाँ मासिक किस्ता (ईएमआई) बाटै स्कुटरको स्वामित्व लिन सकिने गरी आकर्षक फाइनान्सिङ सुविधा समेत उपलब्ध गराएको छ। आधुनिक डिजाइन, आरामदायी यात्रा र लाइफटाइम वारेन्टी (आजीवन ग्यारेन्टी) जस्ता विशेषताका कारण यो स्कुटर कामकाजी वर्ग र नेपाली परिवारका लागि उत्कृष्ट रोजाइ बनेको छ। जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार ग्राहकको आवश्यकता र व्यावहारिक सहजतालाई मध्यनजर गर्दै यो योजना ल्याइएको हो र यो अफर नेपालभरका आधिकारिक टीभीएस शोरुमहरूमा सीमित अवधिका लागि मात्र लागू हुनेछ।

1

Scroll to Top