Banijya News

११ महिनामा झण्डै १९ खर्बको वस्तु आयात, १५ प्रतिशतले बढ्यो व्यापार घाटा

1
1.0K Shares

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ खर्बको वस्तु आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात भएको हो । जुन आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५।१६ प्रतिशतले बढी हो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । सो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२।२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सो अवधिमा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा आयात १५।१६ प्रतिशत र निर्यात १२।२८ प्रतिशतले बढ्दा चालु नेपालको वैदेशिक व्यापार घाटा १५।६७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयात सोयाबिन तेल र सो को कच्चा पदार्थ भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँको डिजेल आयात भएको छ भने १ खर्ब १९ अर्ब ६३ करोड २ लाख ७ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल र सोको कच्चा पदार्थ र १२ अर्ब १ करोड १४ लाख ८६ हजार रुपैयाँको अलैँची निर्यात भएको विभागले जनाएको छ ।

1

Scroll to Top