Banijya News

आयात १६ प्रतिशत बढ्दा पनि भन्सार राजस्व ६.५ प्रतिशत मात्रै

1
1.0K Shares

गत आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगे पनि भन्सार राजस्व भने ६.५ प्रतिशतले मात्रै बढेको छ।

भन्सार विभागका अनुसार सरकारले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा ५ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ८७.६ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो।

आयात उल्लेख्य बढे पनि कम वा शून्य भन्सार दर भएका वस्तुको आयात वृद्धि, साथै विभिन्न आयोजना तथा क्षेत्रलाई दिइने अर्बौं रुपैयाँको भन्सार छुटका कारण राजस्व अपेक्षाअनुसार बढ्न नसकेको विभागको विश्लेषण छ।

गत आर्थिक वर्ष कुनै पनि महिनामा भन्सार राजस्व लक्ष्यअनुसार उठ्न सकेन। सबैभन्दा बढी चैतमा लक्ष्यको ९५.२ प्रतिशत र सबैभन्दा कम कात्तिकमा ७२.६ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। जेठ महिनामा भने अघिल्लो वर्षको तुलनामा भन्सार राजस्व ३.६ प्रतिशतले घटेको छ।

1

Scroll to Top