Banijya News

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार चार अर्बमाथी

1
1.0K Shares

साताको पहिलो कारोबारको दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यसदिन नेप्से १ अंकले घटेर परिसुचक २७०० मा पुगेको छ ।

यसदिन नेप्सेमा ४ अर्ब ४४ करोडको कारोबार भएको छ । कारोबारमा आएका ११६ कम्पनीको मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ । यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा यसदिन सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्राइन्सटक्चर अगाडि रहे । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्लीङ् हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स, माइक्रोफाइनान्स र व्यापार सूचक बाहेक सबै सूचक ओरालो लागेका छन् ।

1

Scroll to Top