Banijya News

मदिराको टेबलबाट सुरु भएको सामान्य विवादमा ट्याटु आर्टिष्टको हत्या

1
1.1K Shares

भक्तपुरमा मदिरा पिउने क्रममा भएको सामान्य भनाभनले उग्र रूप लिँदा एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। असार ८ गते राति भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित एउटा स्थानीय होटलमा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्दै आएका २८ वर्षीय ट्याटु आर्टिष्ट आकाश रासाइलीमाथि चक्कु प्रहार भएको हो।

होटलमा मदिरा पिउने क्रममा रासाइलीले अर्को टेबलमा बसिरहेका युवाहरूलाई ूट्याटु हान्ने होरुू भनी सोधेपछि विवादको विजारोपण भएको थियो। उक्त प्रश्नलाई लिएर अर्को टेबलमा रहेका झापा दमकका २७ वर्षीय दोर्जे शेर्पासँग उनको भनाभन सुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दुई पक्षबीच विवाद बढ्दै गएपछि रसाइलीले फोन गरेर आफ्ना साथीहरूलाई होटलमा बोलाएका थिए। त्यसपछि होटल बाहिर निस्किएर दुवै समूहबीच झडप हुन थाल्यो। सोही झगडाका क्रममा दोर्जे शेर्पाले रासाइलीमाथि घातक चक्कु प्रहार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जनाएका छन्। चक्कु प्रहार गर्ने दोर्जेलाई उनका साथीहरू उदयपुरका ३१ वर्षीय आयुष कार्की र गुल्मीका ३५ वर्षीय रमेश कुँवरले सघाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको उपचारका क्रममा भोलिपल्ट बिहान ६स्१५ बजे मृत्यु भएको हो। घटनालगत्तै फरार भएका आरोपीहरू भक्तपुरमै मजदुरी गर्ने कामदारहरू रहेको खुलेको छ। प्रहरीले विशेष ुसर्च अपरेशनु चलाएर चक्कु प्रहार गर्ने दोर्जेसहित उनका दुवै सहयोगी साथीहरूलाई पक्राउ गरिसकेको छ। मृतकको शव हाल सिनामंगलस्थित केएमसी अस्पतालमा राखिएको र परिवारसँग समन्वय गरी पोस्टमार्टमको तयारी भइरहेको भक्तपुरका एसपी सूर्य खड्काले जानकारी दिएका छन्।

हत्यामा संलग्न मुख्य आरोपीहरूलाई ज्यान सम्बन्धी कसुरमा म्याद थप गर्न अदालत लैजाने तयारी भइरहेको छ भने घटनाको समयमा मृतक रसाइलीले बोलाएर आएका अन्य युवाहरूको भूमिकाबारे पनि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ

1

Scroll to Top