नेपाली बजारमा बुधबार सुुनको मुल्यमा गिरावट आएको छ । हिजो मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको मुल्य आज प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ४८५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो ।


