Banijya News

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभि वर्कसप सञ्चालनमा

1
1.0K Shares

नेपालमा दिपल, नामी र सेरेस विद्युतीय सवारीसाधन (इभि) का आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। नवनिर्मित वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोंगफेंग मोटर्सका दक्षिण एसिया क्षेत्रकी बिक्री निर्देशक हे जिसिन, क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा गरेका हुन्।

कम्पनीका अनुसार नयाँ वर्कसपले दिपल, नामी र सेरेसका ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गर्नेछ। वर्कसपमा नौवटा समर्पित सर्भिस बे तथा २४ जना प्रमाणित इभि प्राविधिकको व्यवस्था गरिएको छ।  यहाँ दैनिक ३६ भन्दा बढी विद्युतीय सवारीको मर्मत तथा सर्भिसिङ गर्न सकिने क्षमता रहेको जनाइएको छ।

१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कसपमा अत्याधुनिक इभि ब्याट्री डायग्नोस्टिक प्रणाली, स्पेयर पार्ट्स भण्डारण सुविधा, प्राविधिक तालिम कक्ष तथा ग्राहक प्रतिक्षालयको व्यवस्था गरिएको छ।

साथै, काठमाडौँ उपत्यकाभित्र पिकअप एन्ड ड्रप सेवा, फास्ट ट्र्याक सर्भिस, २४सै घण्टा ब्रेकडाउन सहायता तथा समर्पित सर्भिस हटलाइनजस्ता सेवासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

एमएडब्लु वृद्धिले उक्त वर्कसपमार्फत विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई सहज, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्दै ग्राहक अनुभवलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

1

Scroll to Top