नेपालको विद्युतीय सवारी (ईभी) बजार तीव्र रूपमा विस्तार भइरहेका बेला शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ। यो गाडी आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी हुनेछ, जसले नेपालको ईभी बजारमा एउटा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
प्रविधिमैत्री, उच्च कार्यसम्पादन र वातावरणमैत्री सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो गाडीलाई दैनिक प्रयोग, सुरक्षा र सहजतासँगै उत्कृष्ट ड्राइभिङ अनुभव दिने गरी तयार गरिएको हो । विशेष गरी रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ, जसले व्यस्त सहरी सडकदेखि नेपालका चुनौतीपूर्ण पहाडी बाटो र राजमार्गहरूमा समेत सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्नेछ। नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्सले आफ्नो देशव्यापी बिक्री तथा सेवा सञ्जाल र उत्कृष्ट बिक्रीपछिको सेवामार्फत दिगो यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
प्रोटोन ई मास५ को आगमनले नेपाली ग्राहकलाई अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल सहितको विश्वस्तरीय अनुभव प्रदान गर्ने कम्पनीको दीर्घकालीन दृष्टिलाई थप मजबुत बनाउनेछ। यस गाडीको प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मिति आगामी केही साताभित्रै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।


