Banijya News

व्यवस्थापन केन्द्रीय विभागलाई प्रभु बैंकद्वारा डिजिटल बोर्ड हस्तान्तरण

1
1.0K Shares

प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ डिजिटल बोर्ड प्रदान गरेकाे बैंकले जनाएकाे छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु बिष्ट, मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारी तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले आगामी दिनहरुमा पनि शिक्षा, स्वास्थ र सामुदायिक विकासको क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

बैंकले नेपालभर ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

1

Scroll to Top