नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । कर्मचारी तथा ग्राहकले काठमाडौंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको उक्त हस्पिटलमा छुट पाउने छन् ।
बैंकका कर्मचारी तथा ग्राहकले विरामी दर्ता र चेकअपमा १०० प्रतिशत र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १५ देखी २५ प्रतिशतसम्म पाउने छन् । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार ग्राहक र कर्मचारीले यस्तो छुट पाउने भएका हुन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र हस्पिटलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका थिए ।
बैंकले नेपालालभर २३१ शाखाहरु, २४६ एटिएमका र ५८ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।


