राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराएका हुन् ।
समारोहमा सभापति लामिछानेले चितवन महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै प्रमाणपत्र र उपहारस्वरूप ‘घण्टी’ हस्तान्तरण गरे ।


