बिहीबार नेपाली बजारमा सुनको भाउमा वृदि आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ १८० रुपैयाँले बढेर ४४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


