Banijya News

इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण प्रभावित

1
1.0K Shares

सिंहदरबारस्थित संसद् भवनमा अचानक इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रीमिङ) रोकिन पुगेको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बिहानैदेखि इन्टरनेटमा समस्या आएका कारण नियमित रूपमा हुँदै आएको लाइभ प्रसारण प्रभावित भएको जानकारी दिएका छन्।

अहिले प्राविधिक टोली इन्टरनेटको समस्या समाधान गर्न निरन्तर जुटिरहेको छ। प्रवक्ता गिरीका अनुसार लाइन जतिसक्दो चाँडो मर्मत गरेर प्रतिनिधिसभाको बैठकलाई पुनः प्रत्यक्ष प्रसारण गर्ने प्रयास भइरहेको छ र इन्टरनेट चल्ने बित्तिकै लाइभ स्ट्रिमिङ सुचारु हुनेछ।

1

Scroll to Top