Banijya News

आईपीओ जारी गर्न आवेदन दिएपछि नयाँ सेयरधनी ल्याउन रोक

1
1.1K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले आवेदन दिइसकेपछि नयाँ सेयरधनी ल्याउन रोक लगाउने भएको छ ।

कम्पनीहरुले आईपीओ निष्कासनअघि लगानीकर्ताबाट पैसा उठाउने गरेकोमा सेबोनले आगामी आर्थिक वर्षको नीतिमार्फत त्यसमा कडाइ गर्ने बताएको हो । यो व्यवस्था लागू भएपछि कम्पनीहरुले आईपीओका लागि आवेदन दिइसकेपछि नयाँ सेयरधनी थप्न नपाउने भएका हुन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएपछि नयाँ सेयरधनी थपेमा तत्काल आईपीओ अनुमति नपाउने व्यवस्था गरिने भएको छ । प्रारम्भिक सार्वजनिक निष्कासनका लागि बोर्डमा निवेदन दिएपश्चाथत् संगठित संस्थाको सेयरधनी थप गर्न नपाउने तथा नयाँ सेयरधनी थपेको अवस्थामा निश्चित अवधि पुगेपश्चात् मात्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था मिलाउने सेबोनले जनाएको छ ।

1

Scroll to Top