Banijya News

सुनको मुल्यमा १ हजार ६ सय रुपैयाँको वृद्धि

1
1.1K Shares

नेपाली बजारमा आइतबार सुनको मुल्यमा वृद्धि भएको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो ।शुक्रबार २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार १५५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३५० मा झरेको थियो।

1

Scroll to Top