Banijya News

चांगानको दिपल निभो क्यू०५ ले जित्यो गोल्डेन ए डिजाइन अवार्ड

1
1.0K Shares

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको चांगानको प्रिमियम एसयूभी दिपल निभो क्यू०५ ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड जितेको छ। आधुनिक डिजाइन, स्मार्ट प्रविधि र प्रयोगकर्ताकेन्द्रित अवधारणाका आधारमा क्यू०५ लाई यो सम्मान प्रदान गरिएको हो ।

‘गोल्डेन ए’ डिजाइन अवार्ड विश्वभरका उत्कृष्ट उत्पादन डिजाइन, नवप्रवर्तन र प्राविधिक सिर्जनशीलताको मूल्यांकन गरी प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड हो । परम्परागत डिजाइन अवधारणालाई नयाँ दिशा दिने र प्रयोगकर्ताको आवश्यकता सम्बोधन गर्ने उत्पादनलाई यस अवार्डका लागि छनोट गरिन्छ ।

चांगान ग्लोबल डिजाइन सेन्टरले विकास गरेको निभो क्यू०५ ले कम्पनीको स्मार्ट तथा न्यून कार्बन मोबिलिटी रणनीतिलाई प्रतिनिधित्व गर्ने बताइएको छ । सवारी डिजाइन, डिजिटल प्रविधि, प्रयोगकर्ता अनुभव, सामग्री छनोट र इन्जिनियरिङ पक्षलाई समेटेर तयार गरिएको यो एसयूभीले अन्तर्राष्ट्रिय बजारमा डिजाइन उत्कृष्टताको पहिचान बनाएको कम्पनीको दाबी छ ।

निभो ब्रान्डलाई चांगानले नयाँ पुस्ताका उपभोक्ताका लागि ‘स्मार्ट मोबिलिटी कम्प्यानियन’का रूपमा विकास गरिरहेको छ । पर्याप्त स्पेस, आधुनिक प्रविधि, आरामदायी यात्रा, भरपर्दो रेन्ज र सहज चार्जिङ सुविधा यसको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।

क्यू०५ को डिजाइनमा आधुनिक एसयूभीको आकर्षक स्वरूपसँगै पारिवारिक प्रयोगलाई ध्यानमा राखिएको छ । दैनिक यात्राका आवश्यकता, स्मार्ट कनेक्टिभिटी र ऊर्जा दक्षतालाई केन्द्रमा राखेर यो सवारी विकास गरिएको हो ।

१६३ वर्षको औद्योगिक इतिहास र ४१ वर्षको सवारी उत्पादन अनुभव रहेको चांगान अटोमोबाइलले पछिल्लो समय विद्युतीय तथा स्मार्ट सवारी उत्पादनमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।

दिपल निभो क्यू०५ नेपालमा आयोजना हुने नाडा अटो सो मार्फत सार्वजनिक हुने तयारीमा रहेको छ । नेपाली बजारमा प्रवेशसँगै यो एसयूभीले प्रिमियम विद्युतीय सवारी क्षेत्रमा नयाँ प्रतिस्पर्धा थप गर्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top