विद्युत् खपतमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को लागु हुने समयसीमालाई लिएर देखिएको अन्योलताका बीच आन्तरिक राजस्व विभागले यससम्बन्धी स्पष्टीकरण दिएको छ। विभागका अनुसार बिजुली खपतमा लाग्ने भ्याट आगामी साउन १ गतेदेखि मात्र आधिकारिक रूपमा आकर्षित हुनेछ। यसअघि आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ लाई संशोधन गर्दै अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य क्षेत्रका लागि १३ प्रतिशत भ्याट लगाउने कानुनी व्यवस्था तय गरेको थियो।
चालू आर्थिक वर्ष २०८३/०८४ को बजेट गत जेठ १५ गते सार्वजनिक हुँदा खपतका आधारमा भ्याट लगाउने नीति लिइएको थियो, जसमा ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई ५ प्रतिशत कर लाग्ने प्रावधान राखिएको थियो। तर, बजेटको औपचारिक कार्यान्वयन हुनुभन्दा अगावै अर्थात् असार १ गतेदेखिनै नेपाल विद्युत् प्राधिकरणले बिलमा भ्याट जोडेर महशुल उठाएको भन्दै चौतर्फी आलोचना भएपछि विभागले यो स्पष्टीकरण सार्वजनिक गरेको हो।


