नेपालमै डिजाइन र निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ को प्रवद्र्धनका लागि सरकारले पूर्ण सहयोग गर्ने भएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा पुगेर निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इन्जिनियरहरूको मेहनतको प्रशंसा गरेका छन । उनले यो स्वदेशी ब्रान्डलाई विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म लैजान आग्रह गरे ।
नेदरल्यान्ड्सबाट पढेर फर्किएका असिम पाण्डेले सुरु गरेको ‘यात्री’ अहिले ‘सिप्रदी ट्रेडिङ’ सँगको सहकार्यमा अघि बढेको हो। नेपालको जटिल पहाडी भूभागमा सफल परीक्षण भइसकेको यो स्कुटरमा डीसी फास्ट चार्जर प्रयोग गरिएको छ। भारतको गुणस्तर परीक्षण निकायबाट समेत स्वीकृति पाइसकेको यो स्कुटर छिट्टै बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन ब्याट्री र पार्टपुर्जाका कच्चा पदार्थमा सहुलियत दिन कम्पनीले सरकारसँग आग्रह गरेको छ। अर्थमन्त्री वाग्लेले नेपाली ब्रान्ड विश्व बजारसम्म पुगेको हेर्ने इच्छा व्यक्त गर्दै स्वदेशी उद्योगका लागि आवश्यक नीतिगत सहयोग गर्न सरकार तयार रहेको आश्वासन दिएका छन ।


