रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले ठूलो आर्थिक सहयोग प्रदान गरेका छन् । दुवै कम्पनीले संयुक्त रूपमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्व–सञ्चालक द्वय विमल कुमार सावर्धिया र तेन्जिन लाक्देन, प्रमुख सञ्चालक अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारतीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरेका छन् ।


