Banijya News

नेप्से र कारोबार रकम दुवै सामान्य वृद्धि

1
1.0K Shares

नेप्से परिसूचक आज विहीबार सामान्य अंक बढेर बन्द भएको छ । हिजो बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से विहीबार २.३१ अंक बढेर २५७४.६५ विन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ ।

१३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ । आज बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् ।

त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ६ प्रतिशत बढेको छ । कारोबारमा आएको आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ८.०७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top